logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संविधानको समावेशी चरित्रलाई बाधा नआउनेगरी संविधान संशोधन गर्नुपर्छ : नेता कोईराला

    संविधानको समावेशी चरित्रलाई बाधा नआउनेगरी संविधान संशोधन गर्नुपर्छ : नेता कोईराला

    329
    Shares
    संविधानको समावेशी चरित्रलाई बाधा नआउनेगरी संविधान संशोधन गर्नुपर्छ : नेता कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले संविधानको समावेशि चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

    आईतबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोईरालाले संविधानमा उल्लेख भएको समावेशि चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

    उनले राजनीतिक स्थायित्वको लागि नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने बताए ।

    मिश्रित निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक दलको बहुमत नआउने भन्दै उनले दलहरुको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । उनले संविधान अनुरुप विभिन्न जातजातिको प्रतिनिधित्व भने सुनिश्चित गर्नुपर्ने बताए ।

    उनले भने – ‘एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरुले बनाउन सक्नुपर्यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरुले बुझ्न जरुरी छ । यो सरकार जुन बनेको छ, नेपाली कांग्रेस र एमालेको सरकार । यो सरकारलाई टिकाएर अगाडी कसरी लग्ने ? मजबुत कसरी बनाउने ? राजनीतिक स्थायित्व भएन भनेर हामीले यो सरकार बनाएको हो । ६–६ महिनामा सरकार परिवर्तन हुने । अरु देशमा सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुँदैन ।

    हामीकहाँ नीति पनि परिवर्तन हुन्छ । यो सरकार आउन बित्तिकै २२ जना सचिव परिवर्तन भए । अझै कति हुने हो ? यसरी गर्दाखेरी सरकारको स्थिरता आउँदैन । त्यसले अप्ठ्यारो परिस्थितिहरु सिर्जना गर्छ । सरकार परिवर्तन भइरहँदा सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुने ।

    यो कुराहरुले गर्दा हामीले सोच्यौँ कांग्रेस र एमाले सम्मिलित सरकार बनाऔँ । र निश्चित कुराहरुमा जाऔँ । राजनीतिक स्थायित्व दिनलाई संविधान संशोधन गर्ने हो कि भन्ने कुराहरु आयो । हामीहरु मिश्रित प्रणालीबाट जाँदैछौँ चुनावमा । मिश्रित प्रणालीबाट चुनावमा जाँदाखेरी कुनैपनि दलको बहुमत आउँदैन । बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचित हिसाबले जाने तर समावेशी चरित्र जुन हाम्रो संविधानको छ ।

    त्यो समावेशी चरित्रलाई कुनै किसिमको बाधा, अड्चन नआउने गरी, त्यसलाई परिवर्तन नगरी अगाडी कसरी जान सकिन्छ त्यो अत्यन्त जरुरी छ भन्ने मलाई लाग्छ । त्यसरी हामी गयौँ भने कसैको सरकार आउँला । आज नेपाली कांग्रेसको आउँला । हामीले राम्रो काम गर्यौँ भने अर्कोचोटी पनि आउँला । अनि अगाडी बढ्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

    नेता कोईरालाले सरकारले सुशासन कायम गर्नुपर्ने बताए । उनले भ्रष्टाचारमुक्त समाज बनाउने कुरालाई सरकारले नजरअन्दाज गर्न नमिल्ने पनि बताए । उनले संसदका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदा निरंकुशता जन्मिने आशंका सबैलाई रहेको भन्दै गलत कामको विरुद्ध आवाज उठाउँदा सहि दिशमा अघि बढ्न सकिने बताए ।

    उनले भने – ‘सबैभन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टाचार मुक्त समाज हो । यो कुरालाई हामीहरुले नजरअन्दाज गर्न मिल्दैन । सरकारमा कमी कमजोरी देखियो भने हामीहरुले आवाज बुलन्द गर्नुपर्छ । किन गर्नुपर्छ ? किनभने दुईवटा ठूला दल सरकारमा छन् ।

    कांग्रेस र एमाले । दुई ठूला दल एकठाउँमा भएपछि निरंकुशता जन्मिने पनि त्यत्तिकै शंका छ सबैलाई । हामीले गलत कामहरु गरेकोमा हामीहरुले आवाज उठाउन सक्यौँ भने पक्कैपनि यो सरकार ठिक ट्रयाकमा हिँड्छ र हामीहरु अगाडी बढ्छौँ ।’

    नेता कोईरालाले नेपाली कांग्रेस पार्टीलाई पुरानो अवस्थामा फर्काइछाड्ने बताए । उनले पार्टीलाई मजबुत बनाउनका लागि सक्रियतापूर्वक पार्टी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend