logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ : गभर्नर अधिकारी

    मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ : गभर्नर अधिकारी

    420
    Shares
    मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिर्वतन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् । आईतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी,बैंकर्स र सर्वसाधरणको गिरेको मानसिकता र मनोवल उठेको पाएको धारणा राखे । उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोवललाई निरन्तर लैजान आवश्यक रहेको बताए ।

    उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरुको महत्वपूर्ण भुमिका रहने बताए । उनले मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम नगर्ने भन्दै सबैलको दायित्व रहेको उल्लेख गरे । उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको बताए । उनले चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सर्तक रहेको बताए ।

    उनले भने, ‘मौद्रिक नीति अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर मौद्रिक नीति ल्याएको छ । यो वर्ष मौद्रिक नीतिको स्ट्यान्स अलिक लचिलो छ । गत वर्ष पनि खुकुलो मौद्रिक नीति ल्याएका हौं । गत वर्षको भन्दा केही नीतिहरु र रेटहरुलाई घटाएका छौँ । मौद्रिक नीतिलाई तादाम्यता मिलाउने क्रममा केही माइक्रोपोटेन्सियल नम्सहरु र फाइनान्सियल क्षेत्रहरुसम्बन्धित नीतिहरुमा रिल्याक्सेसन गरेका छौं ।

    राष्ट्र बैंक के मा सर्तक छ भन्दा नीतिगत लतकता स्वरुप माइक्रो पोटेनसियल्स नम्समा असर नपरोस् । नकारात्मक प्रभाव नपरोस् भन्ने कुरामा शतर्क भएर ल्याएका छौं । मौद्रिक नीतिले व्यवस्था गरेको नीतिको असरबाट हामीले बजारमा उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधरणमा गिरेको मानशिकता र मनोवल उठेको पाएका छौं ।

    त्यो उठेको मनोवललाई यसरी नै निरन्तर लैजानुछ । त्यसको लागि सबैको महत्वपूर्ण भुमिका हुनेछ । मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम गर्ने होइन । मौद्रिक नीतिले नीतिगत व्यवस्था गरिदिने मात्रै हो ।’

    गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउनको लागि उद्योगी व्यवसायीहरको मनोवल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरुले नीति अनुरुप कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend