logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भयोः मन्त्री साह

    मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भयोः मन्त्री साह

    329
    Shares
    मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भयोः मन्त्री साह

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा उनले सो जानकारी दिएका हुन् ।

    मन्त्री साहले महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसारपसार विरुद्धको दश वर्षे नयाँ राष्ट्रिय कार्य योजनाको मस्यौदा पनि तय गरिएको बताए । उनले मानव बेचबिखन तथा ओसारपसार पीडित, प्रभावितहरुका लागि मनोसामाजिक परामर्श केन्द्र तथा अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन भईरहेको दावी समेत गरे ।

    उनले भने,‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार भएको छ । मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसारपसार विरुद्धको दश वर्षे नया राष्ट्रिय कार्य योजनाको मस्यौदा तयार भएको छ ।

    यस मन्त्रालयको सहयोग र समन्वयमा संचालित पुनस्र्थापना केन्द्रमा आश्रित मानव बेचबिखन तथा ओसारपसार पीडित, प्रभावितहरुका लागि मनोसामाजिक परामर्श केन्द्र तथा अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन भईरहेको छ । जिल्ला र प्रदेश स्तरमा अनलाईनबाट हुन सक्ने बेचबिखनबाट जोगिन साइबर क्राईम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन भईरहेको छ । ’

    मन्त्री साहले मानव बेचबिखनबाट जोगिन सरकारले सचेतनामुलक कार्यक्रममा जोड दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend