logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा महिला नेसन्स भलिबल : नेपालले मल्दिभ्सलाई हरायो

    काभा महिला नेसन्स भलिबल : नेपालले मल्दिभ्सलाई हरायो

    1.3K
    Shares
    काभा महिला नेसन्स भलिबल : नेपालले मल्दिभ्सलाई हरायो

    काठमाडौं । काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजितगरेको हो ।

    नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित ग¥यो । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।

    नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे । नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।

    अर्को सेमिफाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलङ्काले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको हो । भोलि दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ भने साँझा ५ः१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend