logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा कांग्रेस सांसदहरूको जोड

    सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा कांग्रेस सांसदहरूको जोड

    329
    Shares
    सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा कांग्रेस सांसदहरूको जोड

    काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

    सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस सांसदहरूले सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर सोही अनुरूप सरकार सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनीहरुले दुई वा दुईभन्दा बढी दलहरू सम्मिलित सरकारमा न्यूनतम साझा कार्यक्रम आवश्यक हुने भन्दै कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् ।

    कांग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले सरकारले न्यूनतम साझा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने विषय मुख्यगरी न्यूनतम साझा कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । त्यसैगरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि उनले बताए ।

    कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि सरकारको न्यूनतम साझा कार्यक्रम कांग्रेस र एमालेका बिचमा भएको सात बुँदे सहमतिको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए । उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए । सरकारले सुशासनमा केन्द्रित भएर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्ने बताए । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरे ।

    सांसद केसीले आर्थिक क्षेत्र धराशायी भएको भन्दै आर्थिक क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend