logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा

    बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा

    2K
    Shares
    बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा

    एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन्। भारतीय समाचार संस्‍थाहरुका अनुसार हसिना चढेको जहाज भारतीय वायु सेनाको गाजियावादस्थित हिन्डनस्थित हवाइ अड्डामा अवतरण भएको छ।

    पूर्व प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छिन् । भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।

    यद्यपि हसिना दिल्लीमा बस्छिन वा जान्छिन् भन्ने स्पष्ट छैन । बंगलादेशका मिडिया आउटलेटहरूले उहाँ लन्डन जान सक्ने अनुमान गरेका छन् । स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ ।

    सोमबार जनसहभागिता र हिंसा अझै बढेपछि गणभवन छाडेकी थिइन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास गणभवनमा प्रवेश गरेका थिए।हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन्।
    उनी सन् २००९ देखि सत्तामा थिइन्।

    १५ वर्षे सत्तामा चलाएकी ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्। गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै गरेको थियो। अहिले आरक्षण विरूद्धको प्रदर्शनमा पनि प्रदर्शनकारीको आवाज नसुनि बल प्रयोग गर्दै जाँदा उग्र रूप लिएको हो।

    आइतबार मात्रै त्यहाँ कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ।त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको बताएका थिए। त्यस्तै राजनीतिक संकटको आजै साँझ सम्ममा समाधान निकाल्ने पनि बताएका थिए।

    आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। साथै इन्टरनेट सेवा पनि बन्द गरिएको थियो। सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको थियो।

    सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए। जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा निर्णय फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बनेको थियो।

    जुलाई तेस्रो साता उच्चको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश गरेको थियो। उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन्।

    यो पनि :

    बंगलादेशका सेना प्रमुख जमानद्वारा अन्तरिम सरकार बनाउने घोषणा

    बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend