logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न तयार

    नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न तयार

    1.3K
    Shares
    नोबेल पुरस्कार विजेता  मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न तयार

    ढाका, एजेन्स । नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व लिन तयार भएका छन् । युनुसले अन्तरिम सरकारको प्रमुख बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।उनका प्रवक्तालाई उधृत गर्दै पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने जनाइएको छ । उनी ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस गएका थिए ।

    बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले पनि विद्यार्थीहरुले पटक पटक मलाई अनुरोध गरेकाले अन्तरिम प्रधानमन्त्री बन्न तयार रहको उल्लेख गरेको छ । विद्यार्थी र देशका नागरिकहरुले धेरै त्याग गरेको भन्दै उनले आफू जिम्मेवारी लिन तयार रहेको बताएको द डेली स्टारले उल्लेख गरेको छ । उनले बंगलादेश फर्किन लागेको बताएका छन् ।

    प्रधानमन्त्री शेख हसिनाको भारतमा पलायनपछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशको वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका थिए ।प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मंगलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका थिए।

    ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए । विद्यार्थी आन्दोलन सञ्चालन गर्ने नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार बने त्यो अस्वीकार्य हुने बताएका छन्। पदत्याग गरेर शेख हसिना भारतमा पलायन भएपछि सोमबार सेनाप्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए।

    बंगलादेशमा सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो । बंगलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति दिएका छन् ।

    यसैबीच, बङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गरेका छन् । महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उनले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गरे ।

    मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाईसमेत तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जानकारी दिए । खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गरेकी छन् ।

    राजनीतिक बन्दीहरुको पर्खाइमा परिवार

    पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु म)गलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् । प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र देशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी ’जमात–ए–इस्लामी’का कार्यकर्तासहित लगभग ६ सय जनालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन् ।कम्तिमा २० परिवारहरू बन्दी बनाइएको आफन्तको खबरको प्रतिक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् ।

    हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने बताएका थिए। बिएनपीका अध्यक्ष ७८ वर्षीय पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो ।

    हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ । सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १०० जना अझैपनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो ।

    यो पनि :

    नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आब्हान

    हसिनाले देश छाडेपछि बंगलादेशमा राजनीति शून्यता, खालिदा जिया रिहा, सेनाको अन्तरिम सरकार अमान्य

    १५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन पुगिन् भारतको शरणमा ?

    बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा

    बंगलादेशका सेना प्रमुख जमानद्वारा अन्तरिम सरकार बनाउने घोषणा

    बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend