logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सेयर बजारमा ठूलो पहिरो जाँदा कारोबार रकममा कीर्तिमान, हिमालयन रिमा लगानीकर्ता झुम्मिए

    सेयर बजारमा ठूलो पहिरो जाँदा कारोबार रकममा कीर्तिमान, हिमालयन रिमा लगानीकर्ता झुम्मिए

    910
    Shares
    सेयर बजारमा ठूलो पहिरो जाँदा कारोबार रकममा कीर्तिमान, हिमालयन रिमा लगानीकर्ता झुम्मिए

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा ठूलो ‘करेक्सन’ देखिएको छ । सुरुमा बढ्ने संकेत गरेको बजार बन्द हुँदा १४५ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६ सय ५१ अंकमा अडिएको छ । सबै समूहका सूचक घटेका छन् । नेप्से घट्न थालेपछि ‘प्यानिक सेल’को अवस्था आए पनि कारोबार रकम झनै बढेको देखिन्छ ।

    बजारमा पहिरो गए पनि कारोबार रकमले भने लगानीकर्तामाझ केही आशा जगाएको छ । मंगलबार २३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । विश्व सेयर बजार घटिरहेका बेला नेपालको बजारको ग्राफ उकालो लागेको थियो । तर, मंगलबार एकाएक करेक्सन भएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको वित्तीय विवरणलाई सामान्य प्रतिक्रिया नदेखाएको सेयर बजार मंगलबार भने एकाएक खस्किनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    यद्यपि, केही समययता लगातार बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा बजारमा आज केही बिक्री दबाब परेको अनुमान गरिएको छ । सेयर क्रेताहरु पनि उत्तिकै देखिएका छन् । किनभने खरिदबिक्री रकम पर्याप्त भइरहेको छ ।

    संसदको सोमबारको बैठक विशेष समयमा बोल्दै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले केही कम्पनीका सेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको सेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताएका थिए । प्रतिनिधिसभाको बैठकमा डा. महतले अहिले पुँजीबजारको वृद्धिलाई स्वभाविक रुपमा लिन नसकिने बताएका थिए । पूर्वअर्थमन्त्रीको भनाइले पनि बजारमा असर परेको हुनसक्छ ।

    यस्तै समग्र ट्रेन्ड हेर्दा बजार बढ्ने बाटोमा रहेको देखाउँछ । वित्तीय संस्थामा पर्याप्त तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घट्दोक्रममा छ । सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत अवरोधहरु हटाउँदै गएको छ भने सूचीकृत कम्पनीहरुले नाफाको ग्राफ बढाउँदै लगेका छन् ।

    मंगलबार ३ सय २२ कम्पनीको ५ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ३३ कम्पनीको घटेको छ ।

    यसदिन हिमायन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडमा सेयर लगानीकर्ता झुम्मिएका छन् । हिमालयन रिको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको ४८ करोड ३६ लाख र सिइडिबी हाइड्रो डेभलपमेन्ट फन्डको ४३ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    मंगलबार थ्रि स्टार हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कुथुली बखरी स्मल हाइड्रको सेयर सर्किट लभेलमा कारोबार भएको छ । नेपाल फाइनान्स, गोरखा फाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend