काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।
मङ्गलबार समितिका सभापति सूर्य थापाले लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताए ।
सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको उनले बताए । सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा रहेको उनले बताए ।
थापाले तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने बताए । मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने उको भनाइ छ ।