logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सरकारले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिँदैन : प्रधानमन्त्री ओली

    सरकारले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिँदैन : प्रधानमन्त्री ओली

    448
    Shares
    सरकारले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने सवालमा सरकारको प्रतिवद्धता दृढ रहेको बताएका छन् । समृद्ध नेपालः सुखी नेपाली बनाउने सरकारको अभियानमा भ्रष्टाचार खतरनाक तगारोको रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको अन्त्य गर्न सरकार दृढतापूर्वक लागिपर्ने बताएका हुन् ।

    मंगलबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टचार गर्नेलाई अनुहार हेरेर क्षमा दिने काम सरकारले नगर्ने पनि स्पष्ट पारे । नेपाल सरकारको भ्रष्टाचार सम्बन्धि शुन्य सहनशीलता, म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने स्पिरिट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसमा तलमाथि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

    उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कसैप्रति पूर्वाग्रह नराख्ने अडान पनि राखे । कसैलाई दुःख दिने नियतका साथ सरकारले कुनै पनि काम नगर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

    उनले भने, ‘नेपाल सरकारको भ्रष्टाचार सम्बन्धि शुन्य सहनशीलता । म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने स्पिरिट, त्यो भावना र हामीले प्रस्तुत गरेको विधेयकमा पनि समृद्ध नेपालः सुखी नेपाली भनिएको छ । नेपाललाई समृद्ध बनाउन जरुरी छ । र नेपाली जनतालाई सुखी बनाउन जरुरी छ । नेपाल समृद्ध होस, नेपाली जनताको आवश्यकताहरुको परिपूर्ति होस । जैविक र मानवीय आवश्यकताहरुको परिपूर्ति होस ।

    योसँग अधिकार प्राप्ती, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको प्रत्याभूति, शान्तिपूर्ण र भयरहित वातावरणमा हरेकले काम गर्न पाउन सक्ने सुरक्षाको प्रत्याभूति, त्यसैगरी सम्मानित जीवन हरेकले बाँच्न पाउने अधिकारको प्रत्याभूति । यी कुराहरु नै वास्तवमा सुखी जीवनका प्यारामिटरहरु हुन । त्यसकारण हामी समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने यस दिशामा हामी अगाडि बढि रहेका छौं । यस अभियानमा भयानक, खतरनाक तगारो भनेको भ्रष्टाचार हो ।

    र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार अत्यन्तै प्रतिवद्ध रहेको कुरामा म सबै माननीय जीहरुलाई अवगत गराउन चाहन्छु । एकारित हामी बजेट विनियोजन गर्दै गर्छौं । अर्कोतिर भ्रष्टाचार हुँदै गर्छ भने विकास हुँदैन । एकारित राजस्वको लक्ष्य निर्धारण गर्दैगर्छौं । तर अर्कोतिर चुहावट भइरह्यो भने, चोरी बाटोबाट आउने जस्ता कुराहरु भएभने करका दरहरु वृद्धि गरेर मात्रै पनि हुँदैन । करको दायरा फराकिलो गर्छु मात्रै भनेर पनि हुँदैन ।

    हामीले करका दर वृद्धि भन्दा दायरा फराकिलो गर्ने र गलत बाटोमा जान नपाओस् व्यवसायिक क्रियाकलाप, वाणिज्यगत क्रियाकलापहरु र कर महशुल जस्ता कुनै प्रकारको अनिमितता, छलि हुन नपाओस् भन्ने कुरामा हामीले ध्यान दिनुपर्नेछ । त्यो कुरा सरकारले बुझेको छ । र, तदनुसार नै भ्रष्टाचारका विभिन्न रुपहरुको पहिचान गर्ने र तिनीहरुलाई रोकथाम, नियन्त्रण र अन्त्य गर्ने विषयमा सरकारको प्रतिवद्धता दृढ छ ।

    सरकार यसमा कुनै पनि हिसावले कम्प्रमाइज गर्ने अथवा कसैले कसुर गर्यो भने मुख हेरेर, अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिसोधका लागि होइन, अर्थतन्त्रमा सुधार, समाजमा सुधार, विकासमा गति ल्याउनका लागि हो । त्यसकाले यसले कसैप्रति आग्रह, पूर्वाग्रह राख्ने, कसैप्रति अनावश्यक, अनूचित झूटा कुराहरु उचाल्ने ती कामहरु गर्ने वा कसैलाई दुख दिने खालको काम पनि गर्दैन भन्ने खालको कुरा पनि स्पष्ट गर्न चाहन्छु ।’

    प्रधानमन्त्री ओलीले अहिलेको सरकार प्रतिसोधका नभइ अर्थतन्त्रमा सुधार, समाजमा सुधार, विकासमा गति ल्याउनका भएको पनि दोहोर्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend