logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले भोलि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने

    टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले भोलि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने

    399
    Shares
    टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले भोलि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने

    काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुधबार शीर्ष नेतालाई बुझाउने भएको छ । टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलस्तरको प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

    कार्यदल सदस्य एवं नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार तयार भएको प्रतिवेदन बुधबार शीर्ष तीन नेतालाई बुझाइने छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बिहान ११ बजे बुझाउने तय भएको छ ।

    विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल १३ असारमा गठन भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend