एजेन्सी । उत्तरी सिरियाको विद्रोही नियन्त्रित शहर अजाजमा विद्रोहीको चेकपोस्टमा भएको ट्रक बम विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।
बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार मृतकमध्ये कम्तीमा चार जना टर्की समर्थित सिरियन नेशनल आर्मीका सदस्य रहेको बताइएको छ । कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले विस्फोटपछि विस्फोट स्थलमा बम आक्रमण गरेको थियो ।
बम विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । सिरियाको अलेप्पो प्रान्तमा अवस्थित अजाज सिरियाली सरकार विरुद्ध विद्रोहीको नियन्त्रणमा छ ।