काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन तयार भएको छ ।
विधेयकका विवादित विषयमा सहमति भएपछि संशोधनसहितको प्रतिवेदन तयार पारिएको हो । आज समितिमा विधेयकलाई निष्कर्षमा पुर्याउनका लागि छलफल भइरहेको छ ।
विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा यसअघि कार्यदलले गरेको सहमति शीर्ष नेताले पनि बुधबार अनुमोदन गरिसकेका थिए ।
सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते कांग्रेस, एमाले र माओवादीका नेता सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले चारवटै विवादित विषयमा सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाएको छ ।