logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानविन समिति गठन गर्न समितिको निर्देशन

    हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानविन समिति गठन गर्न समितिको निर्देशन

    315
    Shares
    हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानविन समिति गठन गर्न समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नता एक स्वतन्त्र छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको एयर डाईनेष्टी हवाईजहाज दुर्घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।

    पछिल्लो समयमा निरन्तर भईरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानविन समितिहरु बन्ने गरेका भएतापनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन कमजोर बन्दै गईरहेको देखिएकाले सो सम्बन्धमा नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धि कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए–नभएको सम्बन्धमा १५ दिनभित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।

    त्यसैगरी बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमुलक प्रतिवेदनहरु के, कुन अवस्थामा रहेका छन् ? सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।

    नेपालको हवाई उड्डयनको सुरक्षा सम्बन्धि छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संघीय संसदमा पेश गर्न, गराउन पनि सरकारलाई निदेश गरिएको समितिले जनाएको छ ।

    सभापति यादवले भने, ‘नेपाल हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आएता पनि नेपालको हवाई उड्डयनको सुरक्षा सम्बन्धि छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न निर्देशन दिने । नेपाल नागरिक उडडयन प्राधिकरण सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संघीय संसदमा पेश गर्न, गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने ।

    यस अघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदनहरु के, कुन अवस्थामा रहेका छन् ? सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने ।

    पछिल्लो समयमा निरन्तर भईरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानविन समितिहरु बन्ने गरेका भएतापनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन कमजोर बन्दै गईरहेको देखिएकाले नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धि कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए, नभएको सम्बन्धमा १५ दिन भित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने ।’

    समितिका सभापति यादवले हवाई उडडयनको क्षेत्रमा कुनै स्वार्थ समूह भए उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend