logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सामान्य अंकले बढ्यो नेप्से, २० अर्ब ७ करोडको कारोबार

    सामान्य अंकले बढ्यो नेप्से, २० अर्ब ७ करोडको कारोबार

    693
    Shares
    सामान्य अंकले बढ्यो नेप्से, २० अर्ब ७ करोडको कारोबार

    काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ ।

    आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको हो । आज शिवम् सिमेन्टको १ अर्ब २० करोडको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ । निफ्राको ९२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बिहीवार ६ वटा उपसूचकमा हरियाली देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट, हाइड्रोपावर, ट्रेडिङ, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बढेको हो । बाँकी अन्य उपसूचक भने घटेका छन् ।

    आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

    आज एनआरएनका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend