logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्छ : प्रधानमन्त्री ओली

    सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्छ : प्रधानमन्त्री ओली

    602
    Shares
    सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    उनले देशमा सुशासन कायम गरी नागरिको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताए । उनले शुरु भएका परियोजनाहरु टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको पनि बताए ।

    बिहीबार प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend