काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० प्रतिशत प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले आइपिओबाट आउने रकम ठूला जलविद्युत आयोजना बनाउन लगानी गर्ने जानकारी दिए ।
संस्थाको पूँजी ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशत सेयर सर्वसाधरणलाई निष्कासन गर्न आवश्यक प्रकृया अगाडि बढाइएको उनले बताए । प्राधिकरणले ३० अर्ब रुपैयाँको आइपिओ ल्याउने भएको छ ।