logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विद्युत प्राधिकरणको तीन वर्षे उपलब्धि सार्वजनिक, के-के भए उपलब्धि ?

    विद्युत प्राधिकरणको तीन वर्षे उपलब्धि सार्वजनिक, के-के भए उपलब्धि ?

    392
    Shares
    विद्युत प्राधिकरणको तीन वर्षे उपलब्धि सार्वजनिक, के-के भए उपलब्धि ?

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् ।

    शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । उनले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उल्लेख गरे । उनले विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुगेको बताए । उनले ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको दाबी गरे ।

    उनले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल बिलको केही अंश भएपनि ४७ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको भन्दै महालेखापरीक्षकले गरेको अडिट गलत नभएको उल्लेख गरे ।

    उनले आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यस यता भने विगत फर्केर हेर्नु नपरेको उल्लेख गरे । कार्यकारी निर्देशक घिसिङकाअनुसार आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउंदै प्राधिरणले शुरु गरेको नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको बताए ।

    उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको बताए । उनले यसअवधिमा विद्युतको महशुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको बताए । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्युनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको उनको भनाई छ । उनले सिंचाईको लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत उपलब्ध गराइएको पनि बताए ।

    उनले भने,‘आर्थिक वर्ष २०७२/०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यपछिको तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ मुद नाफा कमाउँदै प्राधिकरणले शुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

    आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । तर पछिल्लो समय धेरै ठाउँमा विद्युत प्राधिकरणको नाफा कागजी नाफा हो । विद्युत प्राधिकरणले नाफा देखाउनलाई डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुलको विल गरेर नाफा देखायो भन्ने गरिएको छ ।

    विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्याउँदा करिव ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन । त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले भएको होइन । त्यो बिलको पनि केही अंश होला । तर ८२ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षणबाट आएको विवरण हो । महालेखापरीक्षकले गरेको अडिटलाई गलत कसरी भन्न सकिन्छ ।

    त्यो भएको हुनाले यसलाई पत्रकार साथीहरुले बुझिदिन र यसलाई यही हिसावले वितरण प्रश्तुत गर्न आग्रह गर्दछु । पछिल्लो अवधिमा विद्युतको महशुल तीन पटक गरी करिव २५ प्रतिशत घटाइएको भएपनि नाफामा वृद्धि भइरहेको छ । प्राधिकरणको नाफा विद्युतमा महशुल बढाएर भएको होइन । करिव २५ प्रतिशत विद्युत महशुल घटाएर भएपनि नाफामा वृद्धि गरेको छ । प्राधिकरणका ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्युनतम शुल्क ३० रुपैयाँ मात्रै कायम गरी ऊर्जामा निःशुल्क गरिएको छ । सिंचाईको लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध गराईएको छ । प्राधिकरण आर्थिक क्षमता वहन गर्नसक्ने क्षमतामा छ ।’

    उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको उल्लेख गरे ।

    उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए । उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए । उनले प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उल्लेख गरे । उनले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको जानकारी दिए ।

    उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्बासी बस्ती तथा चेपाङ,मुसर लगायत विपन्न वर्गका घर परिवारहरुमा विद्युत पुर्याउन निशुल्क मिटर समेत वितरण गरिएको जानकारी दिए । उनले आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड विद्युत खपत पुगेको उल्लेख गरे ।

    उनले भने, ‘तीन वर्षअघि विद्युतीकरणको अवस्था करिव ५८ प्रतिशत मात्रै थियो । तीन वर्षको अवधिमा भएको उपलब्धी अहिले ९९ प्रतिशत पुगेको छ । अहिले ५९ लाख ३५ हजार उपभोक्ता पुगेको छ । विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढिसकेको छ । अब देश छिटै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको छ ।

    विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको छ । सुकुम्बासी बस्ती तथा चेपाङ, मुसर लगायत विपन्न वर्गका घर परिवारहरुमा विद्युत पुर्याउन निःशुल्क मिटर समेत वितरण गरिएको छ । आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड विद्युत खपत पुगेको छ ।’

    उनले विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पुँजिगत लगानी गर्न सक्षम भएको उल्लेख गरे । उनले विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र संवद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको बताए ।

    कार्यकारी निर्देशक घिसिङले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिष्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौता बमोजिम पनि विद्युत निर्यात भइरहेको बताए । उनले विद्युत निर्यात परिमाण हरेक वर्ष बढिरहेका बताए । उनले नेपालले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको बताए ।

    उनले वर्षा याममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको बताए । उनले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने गरेको बताए । उनले गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत आयात गरिएको पनि जानकारी दिए ।

    उनले गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत निर्यात भएको भन्दै आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको समेत बताए । उनले विद्युत निर्यात नेपालको जलविद्युत विकासका लागि कोशेढुङ्गा भएको बताए ।

    उनले नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुने बताए । उनले यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताए ।

    उनले बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए पनि अवस्था सहजहुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत निर्यात शुरु हुने विश्वास लिएको बताए । उनले प्राधिकरणले आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत शेयर आम सर्वसाधारणलाई निष्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको बताए ।

    उनले विद्युत प्रशारण तथा वितरणतर्फका पूर्वाधार संरचना बिस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको बताए । ड्रेडिकेटेड तथा ट्रंक लाइनको महशुलसँग सम्बन्धित डकुमेण्ट लेखा समितिलाई पठाएको निदेर्शक घिसिङले बताए ।

    उनले ड्रेडिकेटेड तथा ट्रंक लाइनको महशुलसँग सम्बन्धित डकुमेण्टसँगै सपोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend