logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछ : सभापति थापा

    सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछ : सभापति थापा

    343
    Shares
    सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछ : सभापति थापा

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रबार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिएका हुन् ।

    उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए । उनले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए । उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको बताए ।

    उनले सरकारबाट केही जानकारी नआएको बताए । उनले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताए ।

    उनले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए । उनले कारागारमा करिव ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए । उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए ।

    उनले भने, ‘सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौं । तर पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई पत्रचार गरेका छौं । सरकारबाट केही जानकारी आएको छैन ।

    २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी छन् । जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन अनुरोध गरेको छ । कारागारमा रहेका व्यक्तिहरु दुईथरी छन् । गार्खा मिडियाको सञ्चालक समितिका पनि रहेका छन् । विभिन्न सहकारीका सञ्चालक समिति,अध्यक्ष लगायत धेरै व्यक्तिहरु रहेका छन् ।

    करिब ३०० व्यक्ति छन् । सबैलाई सोधपुछ गर्न सम्भाव हुँदैन । प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने नामवली तयार गरेर आवश्यक समन्वयको लागि पठाएका छौं । समितिले कारागारमा गएर सोधपुछ गर्न प्राविधिक कुराहरु मिलाउनु पर्ने हुन्छ । त्यसैले लिखित वयान हो । कारागारमा रहेकाहरुलाई समितिको बैठकमा नै सोधपुछ गरिरहेका छौं ।

    समितिमा ल्याउने प्रवन्ध मिलाइएको छ । सोधपुछको काम १ गतेसम्म सकिन्छ । प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको छ । सोधपुछको काम र वित्तीय विश्लेषणको कामसँगै भएको छ । सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार हुने र त्यसलाई समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं । गोर्खा मिडिया प्रालीका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाउँछौं ।’

    उनले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताए । उनले गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend