काठमाडौँ । न्याय परिषद्ले देशभरका ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् ।
यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो । परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो ।