logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने विश्वप्रकाशको प्रस्तावमाथि आरजुको काउन्टर

    एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने विश्वप्रकाशको प्रस्तावमाथि आरजुको काउन्टर

    4.3K
    Shares
    एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने विश्वप्रकाशको प्रस्तावमाथि आरजुको काउन्टर

    काठमाडौं । नेपाली कांग्रेस नेत्री तथा परराष्ट्रमन्त्री आरजु राणा र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री विश्वप्रकाश शर्माले एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावको विरोध गरेका छन् ।

    महामन्त्री शर्माले केन्द्रीय समितिको बैठकमा समसामयिक विषयमा प्रतिवेदन पेश गरेका थिए । उनले प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने प्रस्ताव पेश गरेका छन् ।

    शुक्रबार पार्टी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणा र प्रवक्ता महतले उक्त प्रस्तावको विरोध गरे । परराष्ट्रमन्त्री राणाले उक्त प्रस्ताव अस्वीकार गरिन् । उनले संविधानले जतिपटक पनि प्रधानमन्त्री बन्न दिने बताइन् । उनले कांग्रेसले रोक्ने कसरी मिल्छ ? भन्दै प्रश्न गरिन् ।

    त्यस्तै, प्रवक्ता महतले महामन्त्री शर्माको प्रस्ताव सभापतिलाई पुनः प्रधानमन्त्री हुन नदिने उद्देश्यले ल्याइएको आरोप लगाए । साथै उनले उक्त प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend