logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : नेता कोईराला

    अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : नेता कोईराला

    609
    Shares
    अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : नेता कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन् ।

    उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पुर्याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए ।

    नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए । उनले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्याउनुपर्नेमा जोड दिए ।

    उनले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए ।

    उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिएका बताए ।

    उनले नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend