logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जगदम्बा मोटर्स र पोस्टामले सय जना कन्टेन्ट क्रिएटरलाई सय वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

    जगदम्बा मोटर्स र पोस्टामले सय जना कन्टेन्ट क्रिएटरलाई सय वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

    413
    Shares
    जगदम्बा मोटर्स र पोस्टामले सय जना कन्टेन्ट क्रिएटरलाई सय वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

    काठमाडौं । जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हो ।

    मोटर्सका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ ।

    उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुने कम्पनीले जनाएको छ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् ।

    कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

    टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताइन् । साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने उनले बताइन् ।

    त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए ।

    कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ जसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहज बनाउने छ । पोस्टाम प्रयोगकर्ताहरुले यो बाहेक अन्य थुप्रै अवसरहरुमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ ।

    जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्याउनेमा आयोजक विश्वस्त रहेको छ ।

    प्लेस्टोर प्रयोगकर्ताहरुले https://apps.apple.com/np/app/postaam/id1594377538 र एन्ड्रोइड प्रयोगकर्ताहरुले https://play.google.com/store/apps/details?id=com.upliftsolutions.postaam बाट पोस्टाम डाउनलोड गरेर यस प्रतियोगितामा सहभागी हुन सक्ने छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend