logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नबिल बैंकद्वारा फेलोसिप कार्यक्रमका लागि आवेदन आह्वान

    नबिल बैंकद्वारा फेलोसिप कार्यक्रमका लागि आवेदन आह्वान

    476
    Shares
    नबिल बैंकद्वारा फेलोसिप कार्यक्रमका लागि आवेदन आह्वान

    काठमाडौं । नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याचका लागि आवेदन आह्वान गरिएको छ । बैंकले भदौ १४ गतेसम्मको समय तोकेर सोमबार आवेदन खुलाएको हो ।

    बैंकका अनुसार सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले बैंकको वेभसाइटमा उपलब्ध फारम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने छन् ।

    फेलोसिप अन्तर्गत बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेकाहरूका लागि निस्शुल्क तालिम उपलब्ध गराउनेछ ।

    बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म कार्यक्रम संचालन गर्नेछ । तालिम आवासीय र प्रयोगात्मक ढाँचामा संचालन हुने छ ।

    बैंकका अनुसार कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार व्यावहारिक चुनौतीको समाधानका लागि विज्ञहरूको सहयोग प्राप्त गर्नेछन् ।

    बैंकले फेलोसिप अन्तर्गत ५६ जनालाई तालिम दिएकामा उनीहरूमध्ये ८० प्रतिशतले उद्यम स्थापना गरेको र ११ सय ८४ रोजगारी सिर्जना गरेको बैंकले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend