काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका कैदिबन्दीहरुसँग बयान लिएको छ ।
सोमबार समितिले सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह ,कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल आइडल नमूना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङको बयान लिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
उनले समितिले दुई दिन देखि निरन्तर रुपमा सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए ।
उनले सुमेरु सहकारीका शेयर सदस्य सिंहले आफ्नो सम्पतिबाट सहकारी वचतकर्ताहरुको वचत फिर्ता गर्ने बताएको उल्लेख गरे ।