logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणमा मौन बस्नुहुँदैनः सांसदहरु

    बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणमा मौन बस्नुहुँदैनः सांसदहरु

    714
    Shares
    बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणमा मौन बस्नुहुँदैनः सांसदहरु

    काठमाडौं । बंलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरुले जोड दिएका छन् । उनीहरुले बंगलादेशका पछिल्ला घटनाक्रमबारे संसदमा धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन् ।

    उनीहरुले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरे । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरुमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताए ।

    मंगलबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद केसीले अल्पसंख्यक हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुमाथि भएको क्रुर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गरे ।

    उनले बङ्गलादेशमा भएको ‘कु’ को मुल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गरे । सांसद केसीले भ्रष्टाचार सिमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए ।

    बैठकमा नेकपा एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने बताए । उनले छिमेकी बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए ।

    उनले नेपाल सरकारले बंलादेश सरकारालाई हिन्दुहरूमाथि भएको हिंसाका विषयमा कुटनीतिक माध्यमबाट ध्यानाकर्षण गर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend