काठमाडौँ । मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३ दशमलव ४६ को बिन्दुमा कायम भएको छ ।
आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।
शेयर बजार घटेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये ८० वटाको शेयरमूल्यमा हरियाली छाएको छ ।
आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले गुमाएका छन् ।