logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग

    सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग

    231
    Shares
    सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रुपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् ।

    सोमवार राति सडक भासिएसँगै पूर्व—पश्चिम राजमार्गको यातायात आवागमन बन्द भएको थियो । भासिएको सडक मर्मत गरेर यातायात सुचारु गरेपनि त्यसले आगामी दिनमा क्षति गर्नसक्ने भन्दै स्थानीयहरुले क्षति नहुने गरी सडक मर्मत गर्न सरकारसँग आग्रह गरेका छन् ।

    पूर्व—पश्चिमको लाइफ लाइनका रुपमा रहेको यो सडक खण्ड बिग्रिए यात्रुहरु अलपत्र हने दाउन्नेवासी पवन लम्सालले बताए । बिरामीहरुलाई सास्ती नदिन र जतिसक्दो छिटो बाटो मर्मत गरी २४ सै घण्टा सुचारु हुने वातावरण बनाइदिन आग्रह गरे । उनले सरकारले नागरिकलाई सहज हुनेगरी बनाउन र लापरवाही गरेर बस्न नहुने बताए ।

    अर्की स्थानीयवासी सम्झना सुवेदीले सरकारले अहिले सामान्य मर्मत गरेर मात्रै यातायात सञ्चालन गरेको भए पनि व्यवस्थित रुपमा सडक बनाइ सञ्चालन गरिदिए स्थानीयवासी खुशी हुने बताइन् ।

    नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चालन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend