logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

    एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

    392
    Shares
    एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले बालबालिका सडकमा हुनु नहुने बताए । उनले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताए ।

    उनले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताए ।

    उनले भने, ‘बालबालिकाको स्याहरसम्भार, अहिले यहाँहरुले याद गर्नुभयो होला । बालबालिका सडकमा हुनु हुँदैन । खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ । सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, की एक वर्ष भित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ ।

    हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन । सरकारले त्यसको जिम्मा लिनुपर्छ । त्यसकारण सरकारले त्यसको जिम्मा लिन्छ । बालबालिकालाई सडकमा अलपत्र भएको हामी हेर्न सक्दैनौँ ।

    त्यसकारण तिनीहरुको रेखदेख, तिनीलाई सन्तुलित आहार दिने, तिनीहरुको स्याहारसम्भार गर्ने, तिनीहरुलाई स्नेह दिने, तिनीहरुको उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने हो । शारीरिक, मानसिक अवसरहरु उपलब्ध गराउनु पर्छ । त्यो कुरामा हामी ध्यान दिन्छौँ ।’

    प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताए । युवाहरुलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend