logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पर्साबाट ८ लाखको अबैध सामान बरामद

    पर्साबाट ८ लाखको अबैध सामान बरामद

    308
    Shares
    पर्साबाट ८ लाखको अबैध सामान बरामद

    पर्सा । जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार पाँच सय २० रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए । प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा ५३ करोड ४७ लाख रुपैयाँ मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

    सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ रुपैयाँ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend