logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शान्ति प्रक्रियामा नेपालले विश्वमै दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछः प्रधानमन्त्री ओली

    शान्ति प्रक्रियामा नेपालले विश्वमै दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछः प्रधानमन्त्री ओली

    287
    Shares
    शान्ति प्रक्रियामा नेपालले विश्वमै दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालिन न्याय सम्बन्धि विधेयकबारे आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीको सो दाबी गरेका हुन् ।

    उनले नेपालले शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउनका लागि सबै राजनीतिक दलहरुको सहमतीमा कानून बनाउने काममा प्राप्त गरेको सफलता द्वन्द्व व्यवस्थापन, शान्ति स्थापना र त्यसलाई दिगो ढंगले कायम राख्न दुनियाँलाई उपयोगी हुनेमा दुविधा नराख्न पनि आग्रह गरे ।

    केही देशहरुमा अलि सुन्दर ढंगले शान्ति प्रक्रियाको काम अघि बढे पनि त्यसलाई व्यवस्थापन गरेर अघि बढ्ने सवालमा नेपालले प्रश्तुत गरेको दृष्ष्टान्त अरुका लागि पनि अनुकरणीय हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

    हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम गरिएको उल्लेख गर्दै उनले त्यो सफलता दुनियाँको लागि नमूनाको रुपमा रहने बताए ।

    प्रधानमन्त्री ओलीले कानून बमोजिम संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने गरी सबै दलको सहमतीमा छिटो भन्दा छिटो आयोग बनाएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    प्रधानमनत्री ओलीले सरकारले संविधानको पालना गर्ने कुरामा कुनै कमी नराख्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend