logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन : अध्यक्ष लिङदेन

    शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन : अध्यक्ष लिङदेन

    315
    Shares
    शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन : अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताए । उनले कसरी टुंग्याउने भन्नेकुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताए । उनले द्वन्द्व कसका कारण र कसका लागि भयो ? भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्नेकुरा मान्य नहुने बताए । त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै दोहोरिन दिनु नहुने उनले बताए ।

    उनले भने, ‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने कुरा गर्दछौँ । त्यसबेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन । अहिले कसरी टुंग्याउने भन्नेकुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व गर्यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ ।

    कसैले सशस्त्र बिद्रोह, कसैले हिंसात्मक बिद्रोह भने हुन्छ । तर हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा बिद्रोही र सरकार पक्ष मात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्ष रुपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’

    अध्यक्ष लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भएपनि नसम्झिएको भन्दै आपत्ति जनाए । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने भुमिका खेलेबापत तत्कालिन राजालाई राजनीतिक दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताए ।

    उनले आफूले मौका पाउने बित्तिकै अरुलाई बिर्सिन नहुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend