logo

२०८१ कार्तिक २८ बुधबार

logo
  • बुधबार, २८ कार्तिक २०८१
  • दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैनः अध्यक्ष नेपाल

    दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैनः अध्यक्ष नेपाल

    413
    Shares
    दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैनः अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन् । उनले संविधान संशोधनमार्फत देशमा दुई दलिय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलिय शासनको कुराले देशलाई नोक्शान पुर्याउने बताए ।

    दुई दलिय शासन व्यवस्था कसैले नसहने उनको भनाई छ । उनले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए । उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे ।

    अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend