logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको सांसदहरुको टिप्पणी

    नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको सांसदहरुको टिप्पणी

    266
    Shares
    नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको सांसदहरुको टिप्पणी

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको टिप्पणी गरेका छन् ।

    बुधबार प्रतिनिधि सभाबाट टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धि) विधेयक पारित गरेलगत्तै उहाँले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन् ।

    सांसद भण्डारीले सो विधेयक विश्वकै शान्ति प्रक्रियाका लागि अघि बढाउने उच्च स्तरको अनुकरणीय दस्तावेजको रुपमा आएको दावी समेत गरे । नेपालको शान्ति प्रक्रियालाई अघि बढाउनका लागि नेताहरुले लिएको सुझबुझपूर्ण निर्णयप्रति आफूले खुलेर प्रशंशा गर्ने गरेको पनि उनको भनाई थियो ।

    सांसद भण्डारीले नेपालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि गरेको प्रयास विश्वकै नमूनायोग्य रहेको पनि बताए ।

    उनले भने, ‘नेपालको शान्ति प्रक्रिया र त्यो समयमा हाम्रो नेताहरुले गरेको सुझबुझपूर्ण जो दुई वटा कुरा छ । यो विश्वको अनुकरणीय र अत्यन्त उच्चस्तरको हो । यो कुरा हामीले पहिलो बुझ्नुपर्छ । कुनैपनि देशमा यत्रो हिंसा भएर १७ हजार भन्दा बढी मानिस मारिएर, विस्थापित भएर, अंगभंग भएर यति राम्रो सेटल दुनियाँमा कही पनि भएको छैन, संसारमा कही पनि भएको छैन ।

    यो पहिला नेपालमा हो । यसमा हामीले गर्व गर्नुपर्छ । दोस्रो, जो हिंसामा लागेको पार्टी भनियो । सशष्त्र द्धन्द्धमा लागेको पार्टी हो । त्यो पार्टीलाई, जुन पार्टीका कार्यकर्ताहरु मारिए । अंगभंग भए, विस्थापित भए । ती पार्टीहरुले त्यो पार्टीसँग सम्झौता गरेर निर्वाचनमा जाने, संगै सरकारमा जाने र आफना मनमुटावहरु अन्त्य भएको पनि यति छिटो विश्वमा यही नेपालमा नै हो ।

    तसर्थ केही कुराहरु छन । संस्कृत विश्वविद्यालयलगायत विभिन्न ठाउँहरुका कब्जा गरिएका जग्गा जमिनहरु छन । त्यसलाई हामीले शान्तिपूर्ण तरिकाले त्यो स्वामित्वमा ल्याउनुपर्नेछ । तथापि यसलाई हामीले राम्रो मानेका छौं ।

    यही संवेदनशीलताको आधारमा मुलुक बनाउनुपर्छ भन्ने भावनाको विकास भएको भए नेपाल पनि विश्वको नमूना विकासमा पर्न सक्दथ्यो । यो शान्ति प्रक्रियाको काम अत्यन्तै उच्च कोटीको छ । म यसलाई मेरो दिलले खुलेर प्रशंशा गर्दछु ।’

    यता, प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शान्ति प्रक्रियाको बाँकि तार्किक निष्कर्षमा पुग्ने गरी सो सम्बन्धि विधेयक आएको दाबी गरे । उनले विज्ञहरुको सुझावसहित आएको सो विधेयक आफैँमा महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा दलहरुले जोड दिनुपर्ने पनि बताए ।

    प्रमुख सचेतक परियारले सो विधेयकमा उल्लेखित विषयवस्तुलाई कार्यान्वयनमा लैजाने कुरामा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

    उनले भने, ‘संक्रमणकालीन न्याय सम्बन्धि आज जुन विधेयक आएको छ । यो विधेयक आफैँमा महत्वपूर्ण र ऐतिहासिक विधेयक हो । यो निकै अगाडि आउनुपर्दथ्यो भन्ने हाम्रो पार्टीको चाहना हो । यो लामो समयसम्म आउन सकेन ।

    र आज जे भएको छ । यो हामीले धेरै लामो समयदेखिको अनुभव, कानूनविद्हरुसँगको सल्लाह, माननीय सदस्यहरुसँगको निरन्तर छलफलले गर्दा तुलनात्मक रुपमा सबैभन्दा राम्रो एउटा संक्रमणकालीन न्याय सम्बन्धि यो विधेयक आएको छ ।

    यसले शान्ति प्रक्रियामा बाँकि रहेका काम अगाडि बढाउँछ भन्ने विश्वास लिएका छौं ।’

    प्रमुख सचेतक परियारले विधेयकमा लामो समयदेखि अनुभव समेत समेटिएकाले पीडितले न्याय पाउने कुरामा पनि शंका गर्न आवश्यक नरहेको जिकिर गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend