logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जसपा नेपालले चार महिने सङ्गठन विस्तार जनअभियान सञ्चालन गर्ने

    जसपा नेपालले चार महिने सङ्गठन विस्तार जनअभियान सञ्चालन गर्ने

    413
    Shares
    जसपा नेपालले चार महिने सङ्गठन विस्तार जनअभियान सञ्चालन गर्ने

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

    यही साउन २७ गतेदेखि सुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै सङ्गठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो ।

    बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ । बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा सङ्गठन निर्माण एवं जनअभियानका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ ।

    यही भाद्र ९ गते काठमाडौँमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नेछन् । प्रथमचरणमा जनअभियान चार महिनाको लागि मङ्सिर मसान्तसम्मको लागि तोकिएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चार महिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको थियो ।

    बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टी पंक्तिलाई सङ्गठन निर्माणमा होमिन निर्देशन दिए । उनले जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्नेगरी जनतामाझ पुग्न आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend