logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

    कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

    224
    Shares
    कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

    मोरङ । कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् ।

    प्रदेश स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सम्म दिएको जानकारी अनुसार प्रदेशमा पाँच सय ८२ जनामा डेङ्गी देखिएको छ । डेङ्गी लागेर एकजनाको मृत्यु भएको छ ।

    यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् ।

    मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend