logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सेयर कारोबार रकमले तोड्यो रेकर्ड, नेप्से सूचकले गर्यो ३ हजार पार

    सेयर कारोबार रकमले तोड्यो रेकर्ड, नेप्से सूचकले गर्यो ३ हजार पार

    756
    Shares
    सेयर कारोबार रकमले तोड्यो रेकर्ड, नेप्से सूचकले गर्यो ३ हजार पार

    काठमाडौं । साताको अन्तिम दिन सेयर बजारले लामो समयपछि ३ हजार विन्दु पार गरेको छ । कारोबार सुरु भएको पाँच मिनेटभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३००९.८३ पुगेको थियो । त्यसपछि बढेर ३ हजार ३६.६५ अंक पुगेर ३ हजार विन्दुमा आएर बन्द भएको छ । अन्तिम समयमा बजारमा ‘सेलिङ प्रेसर’ पनि देखिएको थियो । बजार पुनः घटेर ३ हजारमा अडिएको छ ।

    बजार ४३ अंक बढेको छ । नेप्से सूचक पनि ३० महिना यताकै उच्च विन्दुमा बन्द भएको छ । यसअघि २०७८ माघ ३ गते २८७६.७४ विन्दुमा बन्द भएको थियो ।

    बिहीबार हरियाली छाएपछि सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । सेयर कारोबार रकम बढेर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।
    यो साता आइतबारको रेकर्ड तोड्दै सोमबार २७ अर्ब २४ करोड २० लाख रुपैयाँको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर किनबेच भएको थियो ।

    आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता किनबेच भएको थियो ।

    संस्थागत र ठूला लगानीकर्ताले बजारमा लगानी बढाउँदा कारोबार रकम उच्च भएको हो । सूचकसहित कारोबार रकममा पनि झनै उत्साह देखिएको छ । बिक्रेताभन्दा क्रेताहरुको संख्या ह्वात्तै बढेपछि बजारले नयाँ उचाई लिएको हो । बजार निरन्तर बढ्न थालेपछि नयाँ लगानीकर्र्ता हैससिएको पाइएको छ । बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश भइरहेको छ । विदेशमा रहेका नेपालीले समेत सेयर कारोबारमा बढी चासो देखाउन थालेका छन् ।

    सोमबार १ सय ५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३७ वटाको घटेको छ । बजार बढ्दा ३ वटा कम्पनीको सेयर मूल्यमा सरकारात्मक सर्किट लागेको छ । यसरी सकरात्मक सर्किट लाग्नेमा बुटबल पावर कम्पनी लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो । नेपाल इन्भेस्टमेन्ट बैंक र एनएमबी बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

    बिहीबार नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । नेपाल फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

    हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी कारोबार भइरहेको छ । हिमालयनको ९१ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख र अपी पावरको ६५ करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    बिहीबारको ट्रेन्ड हेर्दा बजार बढ्ने बाटोमा रहेको देखाउँछ । वित्तीय संस्थामा पर्याप्त तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घट्दोक्रममा छ । सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् ।

    नेपाल राष्ट्र बैंकले नीतिगत अवरोधहरु हटाउँदै गएको छ । यसबीचमा सूचीकृत कम्पनीहरुले नाफाको ग्राफ बढाउँदै लगेका छन् । प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर अहिले सेयर बजार प्रति सकरात्मक देखिएकाले सकरात्मक असर परेको लगानीकर्ताको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend