logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विद्युत उत्पादनमा जोड दिन उर्जा राज्यमन्त्री तामाङको आग्रह

    विद्युत उत्पादनमा जोड दिन उर्जा राज्यमन्त्री तामाङको आग्रह

    469
    Shares
    विद्युत उत्पादनमा जोड दिन उर्जा राज्यमन्त्री तामाङको आग्रह

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत उत्पादनमा जोड दिन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् ।

    उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतभ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भए बमोजिम भारतमा विद्युत निर्यातको लागि प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने बताए ।

    उनले हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम शुरु गर्ने भएपनि लाइसेन्स लिएर घरमा राख्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताए । उनले जलविद्युत उत्पादनको लागि भएका बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार रहेको बताए । उनले भारतले नेपाललाई पेट्रोलियम पदार्थमा हरेक महिना दुई पटक मूल्य घटाउने र बढाउने गरेकोप्रति आपत्ति जनाए ।

    उनले भने, ‘भारतमा १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भएको छ । त्यसको लागि विद्युत प्राधिकरणले विद्युत उत्पादन वृद्धि गरी निर्यात गर्नुपर्छ । जसरी भारतले नेपाललाई महिनामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाउने र घटाएर पठाउने गरेको छ । नेपालबाट भारतमा विद्युत निर्यात गर्दा पनि अब विद्युत प्राधिकरणले अबको १० वर्षभित्रमा महिनामा बढाउने र घटाएर पठाउने गर्न कार्यकारी निर्देशक कुलमान जीलाई अनुरोध गरे ।

    हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम शुरु गर्नुपर्ने हुन्छ । तर लाइसेन्स लिएर त्यतिकै बस्ने प्रवृति हटाउनु पर्छ । लाइसेन्स लिएपछि ६ महिना भित्र काम शुरु गर्नुपर्छ । त्यसको लागि नेपाल सरकार ऊर्जा मन्त्रालय जिम्मेवारी बस्ने कुरामा तयार छ । बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार छ ।

    हाईड्रोपावरको लाइसेन्स लिएर बस्ने लामो समय काम नगर्ने प्रवृति हटाउनुपर्छ । लाइसेन्स लिने तर काम शुरु नगर्ने हो भने मुलुकलाई फाइदा छैन । मुलुकमा जति धेरै जलविद्युत उत्पादन गर्न सक्ने मात्रै उज्यालो निर्माण गर्नसक्छौँ ।’

    उनले मुलुकमा धेरै भन्दा धेरै जलविद्युत उत्पादन गर्नसके मात्रै उज्यालो देश बनाउन सकिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend