logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आयल निगमले घटायो पेट्रोल र डिजेलको भाउ

    आयल निगमले घटायो पेट्रोल र डिजेलको भाउ

    896
    Shares
    आयल निगमले घटायो पेट्रोल र डिजेलको भाउ

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

    घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ६२, डिजेल र मट्टितेल १सय ५२ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ६४, डिजेल तथा मट्टितेल १ सय ५४ रुपैयाँ कायम भएको छ ।

    भारतीय आयल कर्पोरेसन लिमिटेड (आइओसी) बाट मूल्य घटेर आएकाले भाउ घटाएको निगमले जनाएको छ। जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ ।

    काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ ब्यारेलको ७८ देखि ८१ डलर रहेको छ । ब्रेन्ट क्रुडमा ८१ डलरमा कारोबार भएको छ ।

    पेट्रोलियम पदार्थको माग सुस्त

    चीनमा कमजोर निर्माण र औद्योगिक गतिविधिका कारण वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी तेलको माग सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले बताएको छ ।“सन् २०२४ र २०२५ दुवैमा एक एमबिडी ९मिलियन ब्यारेल प्रतिदिन० भन्दा कम माग बढ्नेछ”, आइइएले आफ्नो मासिक तेल प्रतिवेदनमा भनेको छ ।

    उक्त वृद्धि दर गत वर्षको दुई दशमलव एक एमबिडीको तुलनामा अत्यन्त सुस्त हो र महामारीपूर्व विस्तारको तुलनामा सुस्त हो ।

    सन् २०२४ मा विश्वव्यापी खपत एक सय तीन दशमलव शून्य छ एमबिडी हुने एजेन्सीले अपेक्षा गरेको छ । यो गत वर्ष एक सय दुई दशमलव शून्य नौ एमबिडी र सन् २०१९ मा एक सय दशमलव छ एमबिडी थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend