logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठ्ठाघर दुर्घटना : मृत्यु भएका व्यक्तिको शव आफन्तले गरे सनाखत

    गठ्ठाघर दुर्घटना : मृत्यु भएका व्यक्तिको शव आफन्तले गरे सनाखत

    917
    Shares
    गठ्ठाघर दुर्घटना : मृत्यु भएका व्यक्तिको शव आफन्तले गरे सनाखत

    भक्तपुर । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्।

    बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

    उक्त दुर्घटनामा मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको खुलेको छ ।

    दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो । त्यसपछि थप खोजी गर्दै जाँदा प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो ।

    प्रहरीका अनुसार शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेका हुन् । शव सनाखतपछि पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने छ ।

    ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend