logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आप्रवासीमा अब्बल आइएमई, दुई दशकदेखिको विश्वास र भरोसा

    आप्रवासीमा अब्बल आइएमई, दुई दशकदेखिको विश्वास र भरोसा

    3.3K
    Shares
    आप्रवासीमा अब्बल आइएमई, दुई दशकदेखिको विश्वास र भरोसा

    दोहा (कतार) । ‘आइएमई गरौँ’ । पछिल्लो दुई दशकमा यी दुई शब्द नसुन्ने सायदै कमै नेपाली छन् । विज्ञापनमा समेटिएका यी दुई शब्दलाई नेपालीहरुले औधी रुचाए । उनीहरुले दुई शब्दलाई अपनाएर जीवनको हिस्सा बनाए । उनीहरुले यी दुई शब्दलाई ‘कुनै एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित पैसा पठाउनु’का रुपमा अथ्र्याए । त्यसैले त अहिले पनि र जहाँबाट र जुन माध्यमबाट पैसा पठाउनु भनेको आइएमई गर्नु हो भनी बुझ्ने धेरै छन् ।

    “सायद आजका दिनसम्म आइएमईले कमाएको सेवाग्राहीको यही माया, विश्वास र अगाध प्रेम नै हो, जसले अझ बढी विश्वासिलो र भरपर्दो बन्नुपर्ने दायित्व र जिम्मेवारीलाई बढाइदिएको छ, हामी पनि यही बाचा र प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ”, आइएमई कतारका कन्ट्री हेड हेमराज सुवदीले सुनौलो नेपालसँग भने । उनी आफू पनि आइएमईप्रति सेवाग्राहीले देखाएको अभूतपूर्व विश्वासलाई जोगाउँदै सन् २००५ देखि कतारमा आइएमईको रेमिट सेवा अनवरत अघि बढिरहेको सुनाए ।

    सन् २००१ मा नेपालको पहिलो रेमिट कम्पनीका रुपमा आइएमई स्थापना हुनुअघि विदेशबाट नेपाल पैसा पठाउन सजिलो थिएन । धेरै कारोबार अनौपचापचारिक च्यानलमार्फत हुन्थ्यो । बैंकिङ प्रक्रिया निकै झन्झिटलो थियो भने दुःख गरी कमाएको पैसा अरुका हातबाट नेपाल पठाउनु उत्तिकै जोखिम पनि थियो ।

    नेपालमा रेमिट कम्पनी स्थापनाका लागि कानून निर्माणमा प्रमुख अग्रसरतासँगै वैधानिक च्यानलबाट पैसा ल्याउने गोरेटो बाटो खोलिदिने पनि आइएमई नै थियो । फलस्वरुप मानिसहरुले विदेशबाट आएको पैसा सुरक्षित रुपमा हातैमा पाउन थालेका थिए । त्यही बेलामा कतारमा पनि नेपाली श्रमिकहरु बढ्दै थिए । उनीहरुको पैसालाई सुरक्षित नेपाल ल्याउन जिम्मवारीका रुपमा आइएमईले सेवा सुरु गरेको थियो ।

    आइएमईको खोलिएको त्यही गोरेटो बाटो पछ्याउँदै र सिको गर्दै आज नेपालदेखि कतारसम्म कैयौँ रेमिट कम्पनीहरु प्रतिस्पर्धी बनेका छन् । आइएमईकै कारण प्राप्त सुविधाका कारणले मानिसहरुले सुरक्षित रुपमा पैसा पठाउनुलाई छोटकरीमा आइएमई गर्नु हो भन्ने अर्थमा बुझे । आइएमईले पनि यो सेवाग्राहीको यो विश्वासलाई आजका दिनसम्म पनि डगमगाउन दिएको छैन ।

    “आइएमई यो क्षेत्रको लिडर मात्रै होइन, पर्याय नै हो, कानून निर्माणदेखिको सुरुआत दिनदेखि आजको डिजिटल एरामा आइपुग्दा पनि हामी सधै नेतृत्वदायी तहमै छौँ”, सुवेदीले थपे, “नेपालमा मात्रै होइन हामी कतारमा अग्रस्थानमै छौँ ।” उनका अनुसार कतारमा आइएमईको बजार हिस्सा ४० प्रतिशतभन्दा बढी छ । र, कम्पनी यो बजार हिस्सालाई अझ बढाउने गृहकार्यमा जुटेको छ । आइएमई कारोबार सुरु गर्दा मासिक २० लाख डलर भित्र्याउने लक्ष्य राखेका थियो । अहिले बढेर यो २० करोड डलरभन्दा बढी छ ।

    त्यसका लागि कम्पनीले जीएमईलाई आफूमा समाहित गरेको छ । यी दुई कम्पनीले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जपछि कम्पनीहरुको चुक्तापुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स कारोबारमा आइएमई पहिलो र जीएमई तेस्रो ठूलो कम्पनी हुन् । यी दुई कम्पनीको मर्जपछि कम्पनीको आकार, आन्तरिक तथा वाह्य रुपमा सञ्जाल र सेवा उल्लेख्यरुपमा विस्तार भएको छ । आइएमई देशमा रेमिट्यान्स भित्र्याउने सबैभन्दा ठूलो कम्पनी हो भने जीएमई दक्षिण कोरिया र जापानबाट सबैभन्दा धेरै रेमिमट्यान्स भित्र्याउने कम्पनी हो । मर्जपछि कतारमा पनि कम्पनीको बजार हिस्सा थप बलियो हुनेछ ।

    सुवेदीका अनुसार हाल कतारमा करिव तीन लाख ५० हजारभन्दा बढी नेपाली श्रमिक छन् । जसमध्ये अधिकांश निर्माण क्षेत्रमा सक्रिय छन् । यसरी दिनरात नभनी कमाएको पैसा सुरक्षित घर पठाउन उनीहरु पैसा बुझेपछि आइएमईको काउन्टरमा आइपुग्छन् ।

    “कतारमा कार्यरत अधिकांश नेपालीले आइएमई नै रोज्छन्, सायदै कोही यस्तो नेपाली होला जसले आइएमई नगरेको होस्”, सुवेदीले सुनाए, “यसका लागि हामीले यहाँका विभिन्न सबैजसो साझेदार कम्पनीसँग सहकार्य गरिरहेका छौँ ।” आइएमईले कतारभर आफ्नो नेटवर्क विस्तार गरेकाले श्रमिकहरुलाई पैसा पठाउनकै लागि टाढा जान समय छुट्याउनुपर्ने अवस्था छैन ।

    आइएमई श्रमिकहरु भएकै ठाउँबाट आफै अनलाइनमार्फत नेपालमा रहेका आफन्तलाई नगद, बैंकिङ डिपोजिट र वालेट डिपोजिटमार्फत सहजै पैसा पुर्याएको छ । आइएमईले यहाँबाट नेपालमा सुरक्षित र छिटो पैसा पठाउने काम मात्रै गरेको छैन । यसले विभिन्न समयमा नेपाली दुताबास, गैरआवासिय नेपाली एनआरएनए र विभिन्न संस्थाहरुको सहकार्यमा रेमिटसम्बन्धि अभिमुखी कार्याक्रमहरु गर्दै आएको छ । सुवेदीले औपचारिक रेमिट्यान्सलाई बढावा दिन विभिन्न प्रकारका ग्राहकमुखी योजना ल्याइएको बताए ।

    यसका लागि कम्पनीले हालै सुरु गरेको आइएमई गरौँ, करोडपति बन्ने अफर ल्याएको छ । यसले ग्राहकलाई कम्पनीसँग जोड्न सहज हुने र वैधानिक माध्यमबाट नेपाल पठाउने पैसा धेरै हुने कम्पनीको बुझाइ छ । योजनाअन्तर्गत आइएमईको काउन्टर, बैंक खाता र वालेट डिपोजिटमार्फत पैसा पठाउँदा मासिक बम्पर योजनामा करोडपति हुने अवसर छ ।
    आइएमईले आजका दिनमा विश्वव्यापी सञ्जाल स्थापित गरिसकेको छ भने प्रसिद्ध साझेदार कम्पनीसँग सहकार्य गरिरहेको छ ।

    सेवाग्राहीलाई उनीहरुको सुविधा अनुकुल अनलाइनदेखि विभिन्न प्रकारका सेवा उपलब्ध गराउँदै आएको छ ।
    त्यति मात्रै होइन, आइएमई वालेटमार्फत बिजुली र पानीको बिल भुक्तानीदेखि बस तथा हवाई टिकट, सेयरधितो लगायतका सबैखाले सुविधा उपलब्ध गराएकाले प्रयोगकर्ताका लागि पनि निकै सहयोगी बनेको कतारका कन्ट्री हेड सुवेदीको बुझाइ छ ।

    त्यसबाहेक नेपालमा रहेका ३५ हजारभन्दा बढी पेआउट लोकेसन र ४० लाख प्लस आइएमई पे वालेट युजर भएका कारणले अधिकांशलाई घरपायकमै सेवा उपलब्ध गराएको छ । कुनै पनि गुनासो भए तत्कालै सम्बोधन गर्ने कम्पनीको नीतिका कारण पनि ग्राहकको पहिलो रोजाइको कम्पनी यथावत नै छ ।

    सुवेदीका शब्दमा कतारमा पनि कम्पनीको कारोबार बढ्दो छ । उनका अनुसार सन् २०२२ मा विश्वकप आयोजना हुने समयमा हालसम्मै धेरै कारोबार भए पनि अहिले निर्माणका काम कम हुँदा पनि आइएमईका प्रयोगकर्ता नघटेको उनले बताए ।

    कतारमा रहेका साढे तीन लाख नेपालीमध्ये औसतमा दुई लाख नेपालीले प्रत्येक महिना रेमिट्यान्समार्फत पैसा पठाउने गरेको उनले बताए । प्रत्येक महिना दुई लाख रेमिट्यान्स प्रयोग गर्ने उनले बताए । त्यसमध्ये करिव ४० प्रतिशत प्रयोगकर्ता आइएमईको भएको उनले जानकारी गराए ।

    यसरी बढाउन सकिन्छ रेमिट्यान्स

    कतारलगायतका विभिन्न देशबाट अहिले पनि गैरकानूनी च्यानलबाट रकम नेपाल भित्रिएको चर्चा लामो समयदेखि चल्दै आएको छ । यसलाई रोक्न नियामक निकायबाट कैयौँ प्रयास भइरहेका छन् । सरकारले पनि वैधानिक च्यानलमार्फत रेमिट्यान्स बढाउनका लागि कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपिओ)मा १० प्रतिशत आरक्षण र रेमिट्यान्स खातामा पैसा पठाउँदा थप १ प्रतिशत ब्याजदरले केही हदसम्म औपचारिक रेमिट्यान्सलाइ बढाउन मद्धत गरेको छ ।

    सुवेदी यो १० प्रतिशत आरक्षणलाई दोब्बर बनाउन सकियो भने रेमिट्यान्स अझै बढाउन सकिने बताउछन् । हाल छ महिनामा कम्तीमा ५० हजार रुपैयाँ रेमिट्यान्स पठाउने श्रमिकले आरक्षणको १० प्रतिशत सुविधा लिन पाएका छन् । आगामी दिनमा अन्य थप सुविधा, अनुदानको सुविधा ल्याउने हो भने औपचारिक च्यानल प्रयोग गरी रेमिट्यान्स पठाउनेहरु र रकम दुवै बढ्नेमा सुवेदी विश्वस्त छन् ।

    सन् २०१० देखि कतारमा कार्यरत सुवेदी श्रमिकलाई पनि सरकारले सम्मान गर्ने नीति ल्याउन आवश्यक भएको बताउँछन् । श्रमिकलाई सेवा लिँदा विभिन्न किसिमका सुविधा दिन सकिन्छ । जस्तै निःशुल्क पासपार्ट र श्रम नविकरणदेखि भन्सारमै पनि केही सुविधा दिन सकिने उनको भनाई छ ।

    जनतालाई मालिक बनाउने

    अहिले कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासको तयारीमा छ । यसका लागि कम्पनी आईएमई प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी भइसकेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासन गर्न आवेदन दिएको छ । आइएमइले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपिओ निष्कासन गर्दै छ । हालसम्म स्वदेश र विदेशमा गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५० हजारभन्दा बढीलाई रोजगारी दिएको कम्पनीले अब नागरिकलाई मालिक बनाउने योजनाका साथ अघि बढेको छ ।

    मुलुकभर छरिएर रहेका सयौं आईएमई सेन्टर र हजारौं काउन्टरबाट हरेक दिन विदेशमा दुःख गरी कमाएको पैसा घर–घरमा पुर्याइरहेका छन् । आइएमईलाई धेरै विदेशी मुद्रा भित्र्याएको भन्दै सरकारले धेरै पटक सम्मानसमेत गरिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend