काठमाडौँ । सरकारले सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लगातार दुई वर्षसम्म वार्षिक सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको हो ।
अवस्था हेरेर उनीहरूको नवीकरण गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए ।
यसअघि गत वर्ष अन्तिम पटकको लागि भनेर बाधा अड्काउ मार्फत नै नवीकरण गर्ने निर्णय गरेको थियो । नवीकरण गर्दा उनीहरूमाथि आवश्यक अनुसन्धान गरेर मात्रै गरिने मन्त्री भण्डारीले बताए ।