logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • निवर्तमान कृषि मन्त्री साह सम्मानित

    निवर्तमान कृषि मन्त्री साह सम्मानित

    434
    Shares
    निवर्तमान कृषि मन्त्री साह सम्मानित

    काठमाडौं । निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह भारतको पटनामा आयोजित एक कार्यक्रममा सम्मानित भएकी छन् ।

    साह शुक्रबार पटनामा आयोजित व्यापारी सम्मेलनमा अल इंडिया ज्वेलर्स एण्ड गोल्डस्मिथ फेडेरेशन अवार्डबाट सम्मानित भएकी हुन् ।

    पटनाको होटल लेमन ट्रीमा आयोजित सम्मान कार्यक्रममा साहलाई एआईजेजीएफका राष्ट्रिय अध्यक्ष पंकज अरोड़ा, दिल्ली अध्यक्ष राकेश मल्लिक, सागर केसरवानी, शाहाबाद प्रभारी बबल कश्यप र बिहार अध्यक्ष अशोककुमार वर्मालगायतले पुष्प गुच्छाले सम्मान गरेका थिए ।

    सम्मानपछि अल इंडिया ज्वेलर्स एण्ड गोल्डस्मिथ फेडेरेशनले नेपाल र भारतबीच हुने व्यापारबारे छलफल समेत गरेको थियो । सो कार्यक्रममा बोल्दै साहले नेपाल र भारत महत्वपूर्ण व्यापार साझेदार भएको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend