logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बैंकमा पैसा थुप्रियो, राष्ट्र बैंकले आइतबार बजारबाट १ खर्ब तान्दै

    बैंकमा पैसा थुप्रियो, राष्ट्र बैंकले आइतबार बजारबाट १ खर्ब तान्दै

    399
    Shares
    बैंकमा पैसा थुप्रियो, राष्ट्र बैंकले आइतबार बजारबाट १ खर्ब तान्दै

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार १ खर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत २१ दिन अवधिका लागि १ खर्ब रुपैयाँ बजारबाट लिन लागेको हो ।
    यसका लागि अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ ।

    घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसअघि बोलकबोलमार्फत खिचेको ५१ अर्ब ५ करोड रुपैयाँ परिपक्व हुन बाँकी छ । बैंकमा अधिक तरलता भएपछि कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७८.९८ प्रतिशत छ ।

    कर्जाको माग कम भएपछि अहिले बैंकिङ प्रणालीमा ५ खर्ब रुपैयाँ बढी अधिक तरलता रहेको बैंकहरुले जनाएको छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन बढेर ६४ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी ५१ खर्ब ६२ अर्ब रुपैयाँ छ ।

    आर्थिक वर्ष २०८०/८१ मा स्थायी निक्षेप सुविधामार्फत ३५ खर्ब २२ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोलमार्फत ११ खर्ब ५१ अर्ब २५ करोड गरी कुल ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो ।

    गत वर्ष बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५६ करोड गरी कुल ८ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ तरलता उपयोग गरेका छन् ।

    समीक्षा वर्षमा खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend