logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • अर्थ मन्त्रालयले तोक्यो सहसचिवहरुको जिम्मेवारी, भन्सारको महानिर्देशकमा पुडासैनी

    अर्थ मन्त्रालयले तोक्यो सहसचिवहरुको जिम्मेवारी, भन्सारको महानिर्देशकमा पुडासैनी

    539
    Shares
    अर्थ मन्त्रालयले तोक्यो सहसचिवहरुको जिम्मेवारी, भन्सारको महानिर्देशकमा पुडासैनी

    काठमाडौं । सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिएको छ । साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

    मन्त्रालयका अनुसार सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् । रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ ।

    मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएको हो ।

    ५९ जना सहसचिव सरुवा हुँदा भन्सारका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको थियो ।

    दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा नियुक्त गरिएको छ भने कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

    रमेश अर्याल ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पार्वती शर्माले मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी पाएकी छन् ।

    यमुना प्रधान र जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

    त्यस्तै, उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ भने मदन दाहालले अर्थमन्त्रालयकै प्रशासन महाशाखा हेर्ने जिम्मेवारी पाएका छन् ।

    थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखामा राखिएको छ । महेश भट्टराईले अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखामा जिम्मेवारी पाएका छन् ।

    त्यस्तै, मन्त्रालयका अनुसार अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गत राखिएको छ ।

    यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend