logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुँदै

    चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुँदै

    483
    Shares
    चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुँदै

    काठमाडौं । तेजाव आक्रमणमा परेका पीडितहरुको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

    चलचित्र आगामी शुक्रबारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो । वीरगञ्जमा आईतबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा निर्देशक रमित ढुङ्गानाले चलचित्रको बारेमा जानकारी गराए ।

    निर्देशक ढुङ्गानाका अनुसार चलचित्रले विशेष गरी तेजाव आक्रमणबाट पीडित भएकाहरुको शारीरिक र मानसिक पीडालाई चित्रण गर्छ । उनले चलचित्रमा एसिड आक्रमण गर्नेलाई आजीवन कैदको सजाय र सहज रुपमा एसिड बिक्री वितरणमा रोक हुनुपर्ने माग पनि प्रश्तुत गरिएको बताए ।

    ‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नैपर्ने निर्देशक ढुङ्गानाले बताए ।

    चलचित्रमा तेजाव आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरुको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ ।

    जसमा प्रमुख भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गरेका छन् ।

    ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । अभिनेता रमित ढुङ्गानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, निरज कँडेलको छायांकन, बनिश साहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।

    फिल्मलाई पहिलो भागको रुपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुंगानाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend