logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ६ अर्ब ७३ करोड लगानीमा मारुतीको सिमेन्ट र क्लिङकर उत्पादन क्षमता भयो दोब्बर

    ६ अर्ब ७३ करोड लगानीमा मारुतीको सिमेन्ट र क्लिङकर उत्पादन क्षमता भयो दोब्बर

    784
    Shares
    ६ अर्ब ७३ करोड लगानीमा मारुतीको सिमेन्ट र क्लिङकर उत्पादन क्षमता भयो दोब्बर

    काठमाडौं । दुई व्यवसायिक घरना राठी र गोयल ग्रुपले मारुती सिमेन्ट लिमिटेडमा अर्बौं रुपैयाँ लगानी थपेर सिमेन्ट र कच्चा वस्तु क्लिङकर उत्पादन क्षमता दोब्बर बनाएका छन् । सिमेन्ट र क्लिङकर दुई युनिट सञ्चालनमा आइसकेका छन् ।

    राठी र गोयल व्यवसायिक घरनाहरुले ६ अर्ब ७३ करोड ५० लाख रुपैयाँ थप लगानी गरेर मारुतीको क्लिंकर र सिमेन्ट उत्पादन दोब्बर बढाएका हुन् । उद्योगको ऋण बढेर ५ अर्ब ३६ करोड ६० लाख रुपैयाँ पुगेको मारुतीले जनाएको छ । यसअघि ५ अर्ब रुपैयाँ ऋण थियो ।

    उद्योगका अनुसार क्लिंकर उत्पादन दैनिक १ हजार ५ सय टनबाट दोब्बर बढेर ३ हजार ३ सय टन पुगेको छ । यसैगरी सिमेन्ट उत्पादन २ हजारबाट बढेर दैनिक ४ हजार टन पुगेको छ । गत असारदेखि नयाँ प्लान्ट सञ्चालनमा आइसकेको मारुतीले जनाएको छ ।

    विस्तारित प्लान्टबाट उद्योगले पिपिसी सिमेन्ट उत्पादन गरेको छ । मारुती ब्राण्डमा उद्योगले अहिले ओपिसी सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योग पुर्व–पश्चिम राजमार्गमा पर्ने सिरहाको मिर्चैयामा छ । उद्योगले उदयपुरको कटारीमा रहेको झाँक्री खोला खानीको अनुमतिपत्र (लाइसेन्स) लिएको छ । झाँक्री खोलामा १४ करोड टन चुनढुङा खानी छ । यसबाट ३० वर्षसम्म क्लिङकर उत्पादन हुने मारुतीले जनाएको छ ।

    ९ महिनामा सवा ३ अर्बको सिमेन्ट व्यापार

    उद्योगले २०२४ को ९ महिनमा ३ अर्ब २२ करोड ८० लाख रुपैयाँको सिमेन्ट र क्लिङकर व्यापार गरेको छ । गत वर्ष उद्योगले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । यस्तै २०२२ मा ५ अर्ब ४ करोड र २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको मारुतीले जानकारी दिएको छ । पछिल्लो तीन वर्षमा सिमेन्ट र क्लिंकरको मूल्य घटेको छ ।

    उद्योगको मार्जिन पनि ९.३८ बाट ६.१० प्रतिशतमा झरेको छ । मारुतीको बजार नारायणघाटदेखि काँकडभिट्टासम्म छ । यसबीचमा २ सय बढी सिमेन्ट बेच्ने डिलरहरु रहेका छन् ।

    उद्योगहरुबीच कडा प्रतिस्पर्धा र निर्माण कार्यक्रम हुँदा सुस्त माग र कम पुँजीगत खर्चको असर सिमेन्ट उत्पादकहरूको आयमा परेको छ । यस्तै नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम बक्यौता भन्दै ९७ करोड ८० लाख रुपैयाँको बिल पठाएको उद्योगले जनाएको छ । उक्त विषयमा मुद्दा चलिरहेको छ । क्रेडिट दृष्टिकोणबाट हेर्दा कम्पनीको विरुद्धमा कुनै पनि प्रतिकूल निर्णयले यसको तरलतामा असर गर्नेछ ।

    सिमेन्ट उत्पादन गर्न कोइला, चुनढुङा, बक्साइट, जिप्सम, माटो र फलाम अयस्क प्रमुख कच्चा वस्तु भएको मारुतीले जानकारी दिएको छ । क्लिंकरमा ६० प्रतिशत कोइलाको हिस्सा हुन्छ । कोइला दक्षिण अफ्रिका र अन्य मुलुकहरुबाट आयात गरिरहेको उद्योगले जनाएको छ ।

    ९ महिनाको वित्तीय विवरण अनुसार मारुतीको सिमेन्ट बेचेर हुने कुुल आम्दानीको ७४ प्रतिशत हिस्सा कच्चा वस्तु खरिदमा खर्च हुने गरेको छ । उद्योग १५ वर्षदेखि राठी र गोयल ग्रुपले सञ्चालन गरिरहेका छन् । मारुतीको अध्यक्ष नन्दकिशोर राठी र सुनिल खेमका प्रवन्ध निर्देशक हुन् । मारुती सन् १९९४ मा स्थापना भएको सिमेन्ट उद्योग हो । राठी र गोयल समूहले २००५ मा मारुतीको स्वामित्व लिएका थिए ।

    प्रिमियममा आइपिओ ल्याएर सवा ४ अर्ब उठाउने लक्ष्य

    नेपाल धितोपत्र बोर्डले प्रिमियम र बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न बाटो खुला गरेपछि वास्तविक क्षेत्र (उत्पादनमूलक) पनि सेयर बजारमा आउन थालेका छन् । अहिलेसम्म शिवम्, सर्बोत्तम र घोराही सिमेन्टले आइपिओ निष्कासन गरिसकेका छन् ।

    पछिल्लो समय मारुती सिमेन्ट्सले पनि अंकित मूल्य प्रतिकित्ता १०० मा २ सय ७७ थपेर प्रिमिय थपेर कूल ३ सय ७७ रुपैयाँका दरले आइपिओ निष्कासन गर्न लागेको हो । आइपिओ निष्कासनबाट ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न लागेको जानकारी दिएको छ । मारुतीले १ करोड १६ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न मारुतीको प्रस्ताव बोर्डले अध्ययन गरिरहेको छ ।

    उद्योगको गत कात्तिक २१ सम्पन्न वार्षिक साधारणसभाले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । उद्योगको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड छ ।

    यो पनि :

    प्रिमियममा आइपिओ ल्याउन लागेको मारुती सिमेन्ट्को यस्तो छ वित्तीय अवस्था

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend