logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    406
    Shares
    शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग चार लाख १२ हजार रुपैयाँ बराबरको घुस र दुई लाख ५० हजार रुपैयाँ बराबरको दुई वटा चेक (पाँच लाख रुपैयाँ) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

    आयोगले आज नौ लाख एक हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend