logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तराईमा मनाइयो रक्षाबन्धन

    तराईमा मनाइयो रक्षाबन्धन

    455
    Shares
    तराईमा मनाइयो रक्षाबन्धन

    काठमाडौं । तराईमा सोमवार साढे १ बजेपछि रक्षाबन्धन (राखी) पर्व मनाइएको छ । सोमबार साढे १ बजे भन्दाअघि लगाउँदा हानी हुने भएकाले त्यसपछि मात्रै राखी बाँध्ने र यज्ञोपवित धारण गरिएको हो ।

    जनकपुर र पर्सामा पनि दिदिबहिनीले दाजुभाईलाई राखी बाँधेर रक्षाबन्धन मनाइएको छ । दिदी—बहिनीले दाजुभाइलाई राखी बाँधेर देशभर रक्षाबन्धन मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने मान्यता छ ।

    काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेको छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend