logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउँछौँ : मन्त्री गुरुङ

    सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउँछौँ : मन्त्री गुरुङ

    280
    Shares
    सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउँछौँ : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै मन्त्री गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउनेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।

    उनले सञ्चार संस्थाहरु पुरानो ऐन अनुसार चलिरहेका भन्दै ऐनलाई समयानुकुल बनाइने बताए । उनले सञ्चार मन्त्रालयमा नीतिगत रुपमा व्यवस्थित काम हुन नसकेको भन्दै आफूले मन्त्रालयको नीतिगत कामलाई व्यवस्थित बनाउने बताए ।

    उनले सञ्चार संस्थाहरुलाई नीति, ऐन, कानून तथा नियमावलीहरुमा स्पष्ट पार्दै आवश्यक परे पुनःसंरचना पनि गर्ने बताए । मन्त्री गुरुङले जनताको सूचनाको हकलाई चुस्त, दुरुस्त, व्यवस्थित र वैज्ञानिक बनाउने बताए ।

    मन्त्री गुरुङले सूचनाको हकलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend